पिएसजी फाइनलमा पुग्दा भाइरल बन्दै नेमारको बट पास (भिडियोसहित)

एजेन्सी । फ्रेन्च लिग कपको दोस्रो सेमिफाइनलमा आठपल्टको च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले रिम्सलाई उसकै घरमा ३–० ले हराउँदै फाइनल स्थान पक्का गर्यो ।

चोटपछि मैदानमा फर्किउका २७ बर्षे नेमारले त्यो खेलमा गोल नगरे तापनि पहिलो गोलका लागि मार्किन्होजलाई अवसर मिलाइदिएका थिए भने उनी स्वयम्ले पनि केही काउन्टर अट्याकको प्रयास गरेका थिए ।

सोही खेलका क्रममा नेमारले एउटा अस्वभाविक रुपमा पास निकालेका थिए । त्यो पास किन पनि सबैको नजरमा पर्यो भने, उनले बललाई आफ्नो पछिल्लो भाग (नितम्ब) ले हानेर पास मिलाएका थिए ।

उनको त्यो बट पास उत्तिकैखेरै समर्थकहरुको नजरमा पर्यो । मैदान मै वा टेलिभिजनमा प्रत्यक्ष हेरिरहेका समर्थकहरुले उनको बट पासलाई रमाइलो मानी सामाजिक सञ्जालमा भाइरल बनाईरहेका छन् ।

स्मरण रहोस, फ्रेन्च लिग कपको फाइनलमा पिएसजीले ४ अप्रिलका दिन लियोनसँग फाइनल खेल्नेछ । हेर्नुहोस, रिम्स विरुद्ध नेमारले निकालेको त्यो रमाइलो बट पास र समर्थकहरुको रमाइलो पोष्ट ।

https://twitter.com/ln1982/status/1220109907338448896


प्रतिक्रिया दिनुहोस

Loading...