साउदीले टोक्यो ओलम्पिक खेल्ने पक्का, डिफेन्डिङ च्याम्पियन स्तब्ध

एजेन्सी । सन् २०१३ को एएफसी यु–२३ च्याम्पियनसिपमा उपविजेता बनेको साउदी अबर यसै बर्ष टोक्योमा हुने ओलम्पिकतर्फ पुरुष फुटबलका लागि छनौट भएको छ ।

थाइल्याण्डमा जारी एएफसी यु–२३ च्याम्पियनसिपतर्फ पहिलो सेमिफाइनलमा साविक विजेता उज्वेकिस्तानलाई १–० ले हराउँदै साउदीले फाइनल स्थान पक्का गर्यो भने टोक्यो ओलम्पिकको यात्रा पनि निश्चत गर्यो ।

बैंकक स्थित राजामंगला स्टेडियममा भएको खेलमा साउदीका लागि ८७औं मिनटमा अब्दुल्ला अल–हमदनले गरेको एक मात्र गोल निर्णायक बन्यो ।

उता हारका बावजुद उज्वेकिस्तानको टोक्यो ओलम्पिक खेल्ने सम्भावना कायम नै छ । अब उज्वेकिस्तानले तेस्रो स्थानका लागि प्ले अफ म्याचमा अष्ट्रेलियाको सामना गर्नेछ । त्यो खेलमा जित हात पार्ने टोली टोक्यो ओलम्पिकका लागि छनौट हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...