सेप्टेम्बरपछि बेलको गोल, रियल प्रिक्वाटरफाइनलमा

एजेन्सी । यस सिजन राम्रो लयमा देखिएको रियल मेड्रिड प्रतिष्ठित कोपा डेल रे को प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राती तेस्रो डिभिजनको टोली युनियोनिस्टासलाई ३–१ ले हराउँदै रियलले अन्तिम १६ को यात्रा तय गर्न सफल भएको हो ।

विपक्षीको घरेलु मैदानमा भएको खेलमा गारेथ बेलले १८औं मिनटमा पहिलो गोल गरे । रियलका लागि सेप्टेम्बरपछि बेलको यो पहिलो गोल थियो । बेलले पछिल्लोपटक सेप्टेम्बर १ तारीखका दिन भिल्लारियल विरुद्ध दुई गोल गरेका थिए ।

यद्यपि दोस्रो हाफको ५७औं मिनटमा युनियोनिस्टासका लागि अल्वारो रोमेरोले बराबरी गोल फर्काएका थिए । तर, ६२औं मिनटमा हुआँ फ्रान्चिस्कोले आत्मघाती गोल गर्न पुग्दा रियलले खेलमा फेरि अग्रता बनाउन सफल भयो । त्यस्तै अन्तिमतिर ब्राहिम डियाजले रियलका लागि तेस्रो गोल गर्दै पाहुना टोलीको सहजत जित पक्का गरेका थिए ।

बुधबार नै भएका अन्य महत्वपुर्ण खेलहरुमा बार्सिलोनाले तेस्रो डिभिजनको टोली इबिजामाथि २–१ को साँघुरो जित निकाल्यो । त्यस्तै भ्यालेन्सियाले लोगोनेसलाई १–० ले हराउँदा इस्पान्योल रियल सोसिडाडसँग ०–२ ले िनराश बन्यो ।


प्रतिक्रिया दिनुहोस

Loading...