रोनाल्डोले बनाएको दुर्लभ किर्तिमान

एजेन्सी । इटालियन सिरि ए तर्फ यस सिजन उत्कृष्ट लयमा देखिएका पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले एक दुर्लभ किर्तिमान आफ्नो नाममा गराएका छन् ।

सिरि ए तर्फ आइतबार अबेर राती भएको खेलमा युभेन्टसले पार्मालाई २–१ ले हराउँदा युभेन्टसका लागि रोनाल्डोले नै दुवै गोल गरेका थिए । उनले लगातार सात खेलमा गोल गर्न सफल भएका थिए ।

साथै युभेन्टस्का लागि लगातार सात गोल गर्ने उनी दोस्रो खेलाडी समेत बनेका थिए । रोनाल्डो अघि यो उपलब्धी फ्रेन्च स्ट्राइकर डेविड ट्रजग्वेटको नाममा रहेको थियो ।

यद्यपि यो खेलमा रोनाल्डोले अर्को एक शानदार किर्तिमान आफ्नो नाममा गराए । पार्मा विरुद्धको त्यो गोलसँगै युरोपको शिर्ष लिगमा लगातार १४औं सिजनसम्म कम्तिमा १५ गोल गर्ने पहिलो खेलाडी बने ।

स्मरण रहोस, रोनाल्डोले युभेन्टसलाई रोज्नु अघि स्पेनमा रियल मेड्रिड र इङल्याण्डमा म्यानचेष्टर युनाइटेडमा रहेर पनि शानदार र उत्कृष्ट सिजन बिताएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...