अब अभिनयतर्फ स्टार नेमार

एजेन्सी । फुटबलको दुनियाँमा आफ्नो अमिट छाप छोडिसकेका लियोनल मेसी, क्रिष्टियानो रोनाल्डो, डिएगो म्याराडोना, जिनेदिन जिदान जस्ता हस्ती फुटबलरहरुको डकुमेन्ट्री बनिसकेको छ ।

यही सूचीमा अहिले आएर पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिलियन स्टार नेमारको नाम पनि थपिएको छ । रिपोर्टअनुसार मल्टी मिडियाको दुनियाँमा चर्चित अमेरिकी कम्पनी नेटफ्लिक्सले नेमारमाथि डकुमेन्ट्री बनाइरहेको छ ।

फ्रेन्च अखबार ला पेरिसनका अनुसार नेमारमाथि बनाइएको नेटफ्लिक्स सिरिजमा नेमार स्वयम् अभिनय पनि गर्नेछन् । डकुमेन्ट्री निर्माणका लागि एउटा टिम नै पिएसजी र नेमारसँग नियमित सम्पर्कमा छ ।

रिपोर्टअनुसार यो डकुमेन्ट्रीको शुटिङ छिटै शुरु हुने बताइएको छ । साथै, यो डकुमेन्ट्रीको थुप्रै भागहरु हुनेछन् । स्रोतका अनुसार नेटफिलक्सले चर्चित इटालियन क्लब युभेन्टसमाथि पनि डकुमेन्ट्री बनाउने योजनामा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...