कारवाहीको संघारमा म्यानचेष्टर युनाइटेड

एजेन्सी । फुटबल एसोसिएशन (एफए) ले आफ्नो खेलाडीलाई अनुशासनमा राख्न नसकेको भन्दै म्यानचेष्टर युनाइटेडमाथि आवश्यक कारवाही प्रक्रिया बढाएको छ । घट्ना आइतबार प्रिमियर लिगतर्फ युनाइटेडले लिभरपुलसँग २–० को हार बेहोरेपछिको हो ।

खेलमा लिभरपुलका लागि रोबर्टो फर्मिनोको गोललाई रेफ्री क्रेग पावसनले मान्यता दिएपछि युनाइटेडका खेलाडीहरु रेफ्रीमाथि उग्र रुपमा आक्रोशित बनेका थिए । खेलको २६औं मिनटमा भएको त्यो घट्नाका क्रममा युनाइटेडका गोलरक्षक डेविड डे हेयाले आक्रमक रुपमा रेफ्रीसँग प्रतिवाद गरेपछि उनले कार्डको समेत सामना गर्नुपरेको थियो ।

एफएले यो घट्नाबारे युनाइटेडलाई बिहीबारसम्म आफ्नो तर्फबाट स्पष्टोक्ति दिन म्याद दिएको छ । यद्यपि रिपोर्टअनुसार रेड डेविल्स एफएको अनुशासनको कारवाहीमा पर्ने सम्भावना बलियो रहेको अनुमान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...