कावानीले पिएसजी छाड्न चाहेको कुरा क्लबले गर्यो पुष्टी

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी) का उरुग्वेयिन फरवार्ड एडिन्सन कावानीले आफ्नो वर्तमान क्लबलाई पेरिस छाड्ेन चाहेका बताएका छन् । रिपोर्टअनुसार स्पेनिस क्लब एटलेटिको मेड्रिडले कावानीलाई अनुबन्ध गर्ने प्रयास गरेपछि यी ३२ बर्षे स्टारले पेरिस छाड्न क्लबसँग अनुमति मागेका हुन् ।

स्मरण रहोस, यस सिजन इन्टर मिलानबाट माउरो इकार्डी लोनमा पिएसजी आएपछि कावानीले टोलीको पहिलो रोजाईमा केवल १४ खेल मात्र खेल्न पाएका छन् ।

https://twitter.com/BBCSport/status/1219350413482348548

उता कावानीले क्लब छाड्न चाहेको कुरा क्लबकै स्र्पोटिङ डाइरेक्टर लियोनार्डोले पनि पुष्टी गरेका छन् । लियोनार्डोले भनेका छन्, “यो साँचो हो, उनले हामीसँग क्लब छाड्न चाहेको कुरा बताएका छन् । हामी यसबारे आवश्यक अध्ययन र सल्लाह गरिरहेका छौं ।”

सन् २०१३ मा पिएसजीमा आवद्ध भएका कावानीले क्लबका लागि किर्तिमानी १९८ गोल गर्नुका साथै थप्रै लिग तथा अन्य उपाधि समेत जितिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...