१८ वर्षे ब्राजिलियन मिडफिल्डर रियल मेड्रिडमा आवद्ध

एजेन्सी । गत वर्षदेखि नै युवा खेलाडीहरुमा बढी रुची र लगानी गरिरहेको रियल मेड्रिडले आफ्नो स्क्वाडमा अर्का युवा खेलाडीलाई समावेश गरेको छ ।

रिपोर्टअनुसार रियलले १८ बर्षे ब्राजिलियन मिडफिल्डर रिनियर जेससको स्थानान्तरण प्रक्रिया पूरा गरेको छ । साथै स्रोतका अनुसार रियलले त्यसवापत ब्राजिलियन जायन्ट प्mलेमेंगोलाई २६ मिलियन पाउण्ड तिरेको छ ।

बीबीसीका अनुसार रिनियरले रियलसँग ६ बर्षका लागि सम्झौता गरेका छन् । उनले फ्लेमेंगोका लागि सिनियर डेब्यु भने गत सिजन ३१ जुनका दिन गरेका थिए । स्मरण रहोस, रिनियरले फ्लेमेंगोबाट खेल्दै ब्राजिलियन लिग र प्रतिष्ठित कोपा लिबर्टाडोरेस जितेका थिए ।

साथै सन् २०१८ मा भएको दुबई यु–१६ विश्वकपमा रिनियर प्रतियोगिता कै सर्वाधिक गोलकर्ता बनेका थिए । त्यतिबेला उनको क्लबले फाइनलमा रियल मेड्रिडलाई नै हराएको थियो । भनिन्छ, रिनियरमाथि रियलले त्यतिबेलादेखि नै चासो दिन थालेको थियो ।

रियलमा आवद्ध भए तापनि तत्कालका लागि उनी रियल मेड्रिडको बी टिमबाट खेल्ने सम्भावना बढी छ ।


प्रतिक्रिया दिनुहोस

Loading...