प्रिमियर लिगमा आज ६ खेल, ‘लण्डन डर्बी’ पनि आजै

एजेन्सी । इङलिस प्रिमियर लिगको मिडविक भिडन्तका रुपमा आज राती ६ खेलहरु हुँदै छन् । जसमध्ये चेल्सी र आर्सनलबीच हुने लण्डन डर्बी भिडन्तलाई महत्वका साथ हेरिएको छ ।

चेल्सीको घरेलु मैदानमा हुने आजको डर्बी भिडन्त दुवै टोलीका लागि उत्तिकै महत्वपूर्ण छ । चेल्सीका लागि सुखद खबर भनेको स्पेनिस स्टार मार्कोस एलोन्सो लामो समयको चोटपछि मैदान फर्कदैछन् ।

शनिबार मात्र न्युक्यासलसँग सतब्धपुर्ण रुपमा हारेको चेल्सीले त्यो हारलाई बिर्सदै जितको लयमा फर्कन आत्तुर छ । उता आर्सनल भने केही चोटिल खेलाडी र खराब लयका कारण पनि संघर्षरत छ ।

चेल्सीले घरेलु मैदानमा भएको पछिल्ला ७ मध्ये ६ खेल जितेको छ भने एकमा बराबरी गरेको छ । यद्यपि प्रिमियर लिगमा चेल्सीविरुद्ध उसकै घरमा सबैभन्दा बढी आर्सनलले जित निकालेको छ ।

रिपोर्टअनुसार आर्सनलले चेल्सीको मैदानमा कुल सात जित हात पारेको छ । पछिल्लोपटक गनर्सले ब्लुजलाई सन् २०११ को अक्टुबरमा हराएको थियो । त्यो बेला आर्सनल ५–३ ले विजयी भएको थियो ।

मंगलबार नै हुने अन्य खेलहरु

प्रिमियर लिगमा मंगलबार नै हुने अन्य खेलहरु मध्ये एस्टन भिल्ला र वाटफोर्ड पनि आज नै भिड्दैछन् । यी दुई टोलीबीचको भिडन्त भिल्ला पार्कमा हुँदैछ । त्यस्तै बर्नमाउथले ब्राईटनको सामना गर्दैछ भने क्रिस्टल प्यालेस र साउथह्याम्पटन पनि आजै भिड्दै छन् ।

त्यसैगरी इभर्टनले घरेलु मैदानमा न्युक्यसाल युनाइटेडको आतिथ्यता गर्दैछ भने डिफेन्डिङ च्याम्पियन म्यानचेष्टर सिटीले नवआगन्तुक टोली शेफिल्ड युनाइटेडसँग खेल्न ब्रेमल लेनको यात्रा तय गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...