म्यानचेष्टर युनाइटेडका गोलरक्षक रोमेरो सडक दुर्घट्नामा

एजेन्सी । म्यानचेष्टर युनाइटेडका अर्जेन्टिनी गोलरक्षक सर्जियो रोमेरो सडक दुर्घट्नामा परेका छन् । उनको यो दुर्घट्नाबारे क्लबले पनि पुष्टी गरेको छ ।

रिपोर्टअनुसार रोमेरोको लम्बोरगिनी कार क्लबको अभ्यास मैदान केरिंगटन ट्रेनिङ सेन्टर नजिकै दुर्घट्ना भएको हो । यद्यपि यो दुर्घट्नामा रोमेरोलाई खासै चोट नलागेको क्लबले बताएको छ ।

तर उनको १ लाख ७० हजार पाउण्ड पर्ने महँगो कार भने नराम्ररी क्षतिग्रस्त हुन पुगेको बताइएको छ । यस सिजन प्रिमियर लिगमा खेल्ने अवसर नपाएका रोमेर हाल क्लबको मुख्य रोजाईका गोलरक्षक डेविड डे हेयाको विकल्पका रुपमा रहेका छन् ।

आइतबार राती लिभरपुलसँग युनाइटेडले २–० को हार बेहोर्दा पनि उनी बेन्चमा थिए । सन् २०१५ मा इटालियन क्लब साम्पडोरियाबाट फ्रि ट्रान्सफरमा तीन वर्षका लागि ओल्ड ट्राफोर्ड आएका रोमेरो त्यसयता रेड डेभिल्स मै आवद्ध छन् ।

प्रिमियर लिगमा खेल्न नपाए तापनि उनले यस सिजन युरोपा लिग, एफए कप र लिग कपहरुमा भने युनाइटेडका लागि सहभागिता जनाईसकेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...