सहज जितका साथ दोस्रो स्थानमा उक्लियो बायर्न

एजेन्सी । आइतबार प्रभावशाली जित निकाल्ने क्रममा दोस्रो हाफमा गोल वर्षा गर्दै बायर्न म्युनिख बुण्डेसलिगाको दोस्रो स्थानमा उक्लिएको छ ।

उत्कृष्ट जित निकाल्ने क्रममा बायर्नले हर्था बर्लिनलाई उसकै घरमा ४–० ले हरायो । बायर्नले विपक्षीको पोष्टमा सबै गोल दोस्रो हाफमा गर्न सफल भयो ।

६०औं मिनटमा थोमस मुलरको सुन्दर भली गोलले बायर्नलाई खेलमा अग्रता दिलाएको थियो । लगतै ७३औं मिनटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीबाट दोस्रो गोल गरे ।

https://twitter.com/Bundesliga_EN/status/1218934047575085056

त्यसको तीन मिनट नबित्दै ७६औं मिनटमा थियागो अलकन्ताराले बायर्नका लागि तेस्रो गोल गरे भने ८४औं मिनटमा इभान पेरिसिकले चौथो गोल गर्दै पाहुना टोलीको जित पक्का गरे ।

यो जितसँगै १८ खेलबाट ३६ अंक जोडेको बायर्न लिगतालिकाको दोस्रो स्थानमा छ । र, शिर्ष स्थानमा रहेको लिपजिग भन्दा ४ अंकले पछाडी छ । उता पराजित बर्लिन भने १९ अंकका साथ १४औं स्थानमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...