युभेन्ट्सको जितमा रोनाल्डोको किर्तिमानी दुई गोल

एजेन्सी । पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोले किर्तिमानी निर्णायक दुई गोल गरेको खेलमा इटालियन सिरि ए तर्फ लिगलिडर युभेन्ट्सले पार्मालाई २–० ले हराएको छ ।

घरेलु ुमैदानमा भएको खेलको ४३औं मिनटमा रोनाल्डोले पहिलो गोलको खाता खोले । मेटियो डार्मियनको प्रहार डिफ्लेक्ट भएको बललाई रोनाल्डोले पोष्टको जाली चुमाएका थिए ।

यद्यपि ५५औं मिनटमा आन्द्रेस कर्नेलसले पार्माका लागि बराबरी गोल फर्काउन सफल भएका थिए । तर, पार्माले त्यो बराबरीको खुशी पाँच मिनट पनि मनाउन सकेन । लगतै रोनाल्डोले ५८औं मिनटमा दोस्रो गोल गरे । जुन निर्णायक पनि बन्यो ।

यो जितसँगै २० खेलबाट ५१ अंक जोडेको युभेन्ट्स शिर्ष स्थानमा छ र दोस्रो स्थानमा रहेको इन्टर भन्दा ४ अंकले अगाडी छ । पराजित पार्मा भने २८ अंकका साथ सातौं स्थानमा छ ।

युभेन्ट्सका लागि दुई गोल गरेका रोनाल्डोले एक विशेष उपलब्धी समेत हासिल गरेका छन् । त्यो दुई गोलसँगै सन् २००५ पछि युभेन्ट्सका लागि लगातार सात खेलमा गोल गर्ने रोनाल्डो पहिलो खेलाडी बनेका छन् ।

यसअघि यो उपलब्धी फ्रेन्च स्ट्राइकर डेभिड ट्रेजग्वेटले सन् २००५ मा हासिल गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...