शिर्ष स्थानमा उक्लियो रियल (भिडियोसहित)

एजेन्सी । स्पेनिस ला लिगमा यस सिजन राम्रो लयमा देखिएको रियल मेड्रिड लिगतालिकाको फेरि शिर्ष स्थानमा उक्लिएको छ । शनिबार घरेलु मैदानमा सम्पन्न खेलमा सेभियालाई २–१ ले हराउँदै रियलले शिर्ष स्थानमा कब्जा जमाएको हो ।

सान्टियागो बर्नबेयुमा भएको खेलमा सबै गोल दोस्रो हाफमा सम्भव भए । रियलको जितमा दुवै गोल ब्राजिलियन मिडफिल्डर केसेमिरोको नाममा रह्यो । खेलको ५७औं मिनटमा लुका जोभिकको ब्याकहिल पासमा केसेमिरोले पहिलो गोल गरे ।

यद्यपि ६४औं मिनटमा लुक डि जोङले सेभियाका लागि बराबरी गोल फर्काउँदै रियललाई शुरुवाती गोलको खुशी धेरैबेर मनाउन दिएनन् । यद्यपि पाहुना टोलीले पनि त्यो बराबरी गोलको खुशी धेरैबेर मनाउन सकेनन् ।

उता ६९औं मिनटमा लुकास भाजकेजको क्रस पासमा केसेमिरोले नै हेडद्वारा दोस्रो गोल गरे । जुन खेलको निर्णायक गोल पनि बन्यो । यो जितसँगै २० खेलबाट ४३ अंक जोडेको रियल शिर्ष स्थानमा उक्लिएको छ ।

यद्यपि ४० अंकका साथ दोस्रो स्थानमा बार्सिलोनाले आइतबार ग्रेनाडालाई हराउन सके गोलभिन्नताका आधारमा बार्सा फेरि शिर्ष स्थानमा उक्लिनेछ । उता पराजित सेभिया भने ३५ अंकका साथ चौथो स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...