हारबाट जोगियो टोटेनह्याम

एजेन्सी । इङलिस प्रिमियर लिगमा शनिबार टोटेनह्याम हट्सपर सम्भावित हारबाट जोगिएको छ । भिकारेज रोडमा भएको खेलमा टोटेनह्यामले घरेलु टोली वाटफोर्डसँग गोलरहित बराबरी खेल्यो ।

वाटफोर्डले खेलमा पेनाल्टीको अवसर पाएको थियो । दोस्रो हाफमा जान भेर्टोङ्गेनले बक्स भित्र ह्याण्डबल गरेपछि भिडियो एसिस्टेन्ट रेफ्री (भार) को सहयोगमा वाटफोर्डले पेनाल्टीको अवसर पाएको थियो ।

यद्यपि दोस्रो हाफतर्फ ७०औं मिनटमा वाटफोर्डका ट्रोए डिनेको पेनाल्टी प्रहार टोटेनह्यामका गोलरक्षक पाउलो गाजानिगाले विफल तुल्याईदिएका थिए ।

यो बराबरी नतिजापछि पछिल्ला सात खेलमा अपराजित रहेको वाटफोर्ड २३ खेलबाट २३ अंकका साथ लिगतालिकामा रेलिगेशन क्षेत्रभन्दा दुई स्थानमाथि १६औं स्थानमा छ । उता टोटेनह्याम भने ३१ अंकका साथ सातौं स्थानमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...