योङ इटाली जाने निश्चित

एजेन्सी । म्यानचेष्टर युनाइटेडका इङलिस डिफेन्डर तथा विंगर एश्ले योङ इटालियन जायन्ट इन्टर मिलानमा जाने निश्चित भएको छ । रिपोर्टअनुसार ३४ बर्षे योङका लागि दुवै क्लबबीच १.२८ मिलियन पाउण्डको सहमति समेत बनिसकेको छ ।

यद्यपि यदि इन्टरले यो सिजन लिग उपाधि जिते, त्यसमा थप रकम सक्ने बताइएको छ । रिपोर्टअनुसार योङले म्यानचेष्टर युनाइटेडलाई आफू इन्टरमा जान चाहेको कुरा पहिल्यै बताइसकेका थिए । साथै रेड डेविल्सले खेलेको पछिल्ला तीन खेलहरुमा समेत उनी सामेल थिएनन् ।

यो डील पूरा भएसँगै उनको करिब ९ बर्षे लामो ओल्ड ट्राफोर्ड बसाई पनि समाप्त हुनेछ । स्मरण रहोस, सन् २०११ मा एस्टन भिल्लाबाट युनाइटेमा आएका योङले क्लबका लागि २६१ म्याच खेल्दै प्रिमियर लिग, एफए कप, लिग कप र युरोपा लिगको उपाधि समेत जितेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...