एएफसी यु–२३ः उत्तर कोरियाको सान्त्वना जित, क्वाटरफाइनल समिकरण पूरा

एजेन्सी । थाइल्याण्डमा जारी एएफसी यु–२३ च्याम्पियनसिपमा आफ्नो शुरुवाती खेलमा दुर्भाग्यपुर्ण हार बेहोरेको उत्तर कोरियाले समूह चरणको अन्तिम खेलमा सान्त्वना जित निकालेको छ ।

समूह डी मा रहेको उत्तर कोरियाले आफ्नो तेस्रो खेलमा भियतनामलाई २–१ ले हरायो । यसअघि उत्तर कोरियाले आफ्नो पहिलो खेलमा जोर्डनसँग २–१ ले तथा युएईसँग २–० ले पराजित भएको थियो ।

https://twitter.com/theafcdotcom/status/1217828977336668161

समूह डी कै अर्को खेलमा युएई र जोर्डनले १–१ को बराबरी खेले । तीन खेलबाट समान ५–५ अंक जोडेका युएई र जोर्डन क्रमशः समूह विजेता र उपविजेताका रुपमा क्वाटरफाइनलमा प्रवेश गरे । त्यस्तै ३ र २ अंक जोडेका उत्तर कोरिया र भियतनाम भने क्रमश तेस्रो र चौथो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिए ।

क्वाटरफाइनल समिकरण पनि पूरा

समूह डी का अन्तिम खेलहरुको नतिजासँगै प्रतियोगिताको क्वाटरफाइनल समिकरण पनि पूरा भएको छ । क्वाटरफाइनल खेलहरु शनिबार (१८ जनवरी) देखि शुरु हुँदैछन् ।

शनिबार हुने पहिलो क्वाटरफाइनलमा साउदी अरबले आयोजक थाइल्याण्डको सामना गर्दैछ भने सोही दिन अर्को खेलमा सिरिया र अष्ट्रेलिया भिड्दै छन् ।

त्यस्तै आइतबार हुने तेस्रो क्वाटरफाइनलमा दावेदार दक्षिण कोरियाले जोर्डनसँग खेल्नेछ भने चौथो क्वाटरफाइनलमा युएई र डिफेन्डिङ च्याम्पियन उज्वेकिस्तान भिड्नेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...