डायबला चम्किदा युभेन्ट्स क्वाटफाइनलमा (भिडियोसहित)

एजेन्सी । अर्जेन्टिनी स्टार पाउलो डायबला चम्किएको खेलमा इटालियन लिगलिडर युभेन्ट्स प्रतिष्ठित कोपा इटालियाको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

टुरिन स्थित घरेलु मैदानमा भएको प्रिक्वाटरफाइनलतर्फको खेलमा युभेन्ट्सले उडिनेसेलाई ४–० ले हरायो । खेलको १६औं मिनटमा डायबलाको पासमा गोन्जालो हिग्वेनले पहिलो गोल गरे ।

उडिनेसे विरुद्ध खेल्नु अघि अस्वस्थ्य भएपछि पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले स्क्वाडबाट आफ्नो नाम फिर्ता लिएका थिए । रोनाल्डोको अनुपस्थितिको फाईदा भने डायबलाले भरपुर रुपमा उठाए ।

डायबलाले २६औं मिनटमा पेनाल्टीबाट पहिलो गोल गरे भने दोस्रो हाफको ५७औं मिनटमा व्यक्तिगत दोस्रो तथा घरेलु टोलीका लागि तेस्रो गोल गरे । खेलमा एकपपक्षीय जित निकालेको युभेन्टसका लागि ६१औं मिनटमा डगलस कोस्टाले चौथो गोल गरेका थिए ।

बुधबार राती नै भएको प्रिक्वाटरफाइनलतर्फका अन्य खेलहरुमा पाँच पल्टको विजेता एसी मिलानले स्पालमाथि ३–०को जित निकाल्यो । त्यस्तै फियोरेन्टिनाले एटलान्टालाई २–१ ले हराउँदै क्वाटरफाइनल यात्रा तय गर्न सफल भयो ।


प्रतिक्रिया दिनुहोस

Loading...