टोटेनह्यामले भिœयायो पोर्चुगिज मिडफिल्डर

एजेन्सी । उत्तरी लण्डन क्लब टोटेनह्याम हटसपरले जनवरी ट्रान्सफर विन्डोमा पोर्चुगिज मिडफिल्डर गेडसन फर्नान्डेसलाई लोनमा अनुबन्ध गरेको छ । स्रोतका अनुसार २१ बर्षे फर्नान्डेसलाई क्लबले १८ महिनाका लागि पोर्चुगिज लिग च्याम्पियन बेनफिकाबाट लोनमा अनुबन्ध गरेको हो ।

यद्यपि टोटेनह्यामसँग यी युवा मिडफिल्डरलाई लोनको अन्त्यमा स्थायी रुपमै क्लबमा अनुबन्ध गर्ने विकल्प पनि रहनेछ । स्मरण रहोस, पोर्चुगिज म्यानेजर जोसे मौरिन्होले क्लबको व्यवस्थापकीय जिम्मेवारी सम्हालेपछि टोटेनह्यामले अनुबन्ध गरेको फर्नान्डेस पहिलो खेलाडी समेत हुन् ।

गत सिजन बेनफिकाका लागि खेल्दै घरेलु लिग उपाधि समेत जितेका फर्नान्डेसले टोटेनह्याममा आवद्ध भएसँगै आफू परिवारसँगै लण्डनमा बस्ने बताएका छन् । साथै त्यसका लागि उनले आवश्यक बन्दोबस्त समेत मिलाएको बताएका छन् ।

फर्नान्डेस अहिले टोटेनह्याममा यस्तो समयमा आइपुगेका छन्, जहाँ क्लबका दुई महत्वपुर्ण मिडफिल्डरको टट्कारो समस्या छ । एक मुसा सिसोको चोटका कारण लामो समय मैदान रहने भईसकेका छन् । उता अर्का महत्वपूर्ण मिडफिल्डर क्रिष्टियन एरिक्सन क्लब छाड्ने संघारमा छन् ।

त्यस्तैले पनि यी २१ बर्षे पाुर्चुगिज मिडफिल्डरका लागि लण्डन बसाई शुरुवातमा त्यति सहज नहुने धेरेको अनुमान र बुझाई छ ।


प्रतिक्रिया दिनुहोस

Loading...