लुकाकुको २१औं सेकेण्डको गोल (भिडियोसहित)

एजेन्सी । कोपा इटालियाको प्रिक्वाटरफाइनल खेलमा बेल्जियन स्ट्राइकर रोमेलु लुकाकुले सनसनीपूर्ण गोल गरेपछि सहज जितका साथ इन्टर मिलान क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

प्रिक्वाटरफाइनलमा काग्लिरीलाई ४–१ ले हराएको खेलमा लुकाकुले दुई गोल गरेका थिए । त्यसमध्ये खेल शुरु भएको २१औं सेकेण्डमै सनसनीपूर्ण रुपमा उनले पहिलो गोल गर्न सफल भएका थिए । अर्को एक गोल भने ४९औं मिनटमा गरे ।

यो गोलसँगै लुकाकुले हाल इन्टरका लागि २५ खेलमा १८ गोल गरिसकेका छन् । त्यस्तै अर्को खेलमा डिफेन्डिङ च्याम्पियन लाजियोले क्रिमोनेजलाई ४–० ले हराउँदै क्वाटरफाइनल यात्रा तय गर्यो । त्यस्तै नापोलीले पनि पेरुजियालाई २–० ले हराउँदै अन्तिम आठको यात्रा तय गर्यो ।


प्रतिक्रिया दिनुहोस

Loading...