उत्तर कोरिया पनि समूह चरणबाटै आउट

एजेन्सी । थाइल्याण्डमा जारी एएफसी यु–२३ च्याम्पियनसिपतर्फ उत्तर कोरिया पनि समूह चरणबाटै बाहिरिएको छ । एक दिन अघि मात्र दावेदार जापान र चीन बाहिरिएको भोली पल्ट प्रतियोगितामा उत्तर कोरियाको चुनौति पनि समाप्त भएको हो ।

https://twitter.com/theafcdotcom/status/1216692815402422272

समूह डी मा रहेको उत्तर कोरियाले आफ्नो दोस्रो खेलमा युएईसँग २–० को हार बेहोर्यो । यसअघि आफ्नो पहिलो खेलमा जोर्डनसँग २–१ को हार बेहोर्नु नै उत्तर कोरियाका लागि महँगो साबित भईदियो ।

दुई खेलबाट अंकविहीन रहेको उत्तर कोरिया पुछारमा छ र समूह चरणबाटै बाहिरिएको छ । उत्तर कोरियाले आफ्नो अन्तिम खेल बिहीबार भियतनामसँग खेल्नेछ । उता भियतनामले भने सोही समुहको अर्को खेलमा जोर्डनलाई गोलरहित बराबरीमा रोक्यो ।

https://twitter.com/theafcdotcom/status/1216738139739308033

भियतनामले यसअघि आफ्नो पहिलो खेलमा युएईलाई पनि समान गोलरहित बराबरीमा रोकेको थियो । दुई खेलको समाप्ती पछि भियतनाको २ अंक छ र तेस्रो स्थानमा छ । ४–४ अंक जोडेका युएई र जोर्डन क्रमश पहिलो र दोस्रो स्थानमा छ । समूह डी बाट युएई र जोर्डनसँग भियतनामको पनि नकआउट चरणमा पुग्ने सम्भावना कायम छ ।

https://twitter.com/theafcdotcom/status/1216739476803743744


प्रतिक्रिया दिनुहोस

Loading...