बार्साद्वारा भाल्भेर्डे बर्खास्त, नयाँ म्यानेजर पनि नियुक्त

एजेन्सी । स्पेनिस जायन्ट बार्सिलोनाले आफ्नो म्यानेजर अर्नेष्टो भाल्भेर्डेलाई बर्खास्त गरेको छ भने पूर्व रियल बेटिसका म्यानेजर क्विके सेटिनलाई नयाँ म्यानेजरका रुपमा नियुक्त गरेको छ ।

५५ बर्षे भाल्भेर्डेको जिम्मेवारीमा बार्सिलोनाले लगातार दुई सिजन ला लिगाको उपाधि जितेको थियो भने यस सिजन गोल भिन्नताका आधारमा लिगतालिकामा अगाडी छ ।

यद्यपि उनको नेतृत्वमा पछिल्लो समय यता बार्सा अस्वभाविक रुपमा केही खराब लयमा थियो भने गत सिजन च्याम्पियन्स लिगको फाइनलमा पुग्न समेत असफल भएको थियो ।

सन् २०१७ मा बार्सिलोनाको जिम्मेवारी सम्हालेका भाल्भेर्डेले गत साता मात्र स्पेनिस सुपर कपको फाइनलमा पनि बार्सिलोनालाई पुर्याउन असफल भएका थिए । त्योबेला बार्सा सेमिफाइनलमा एटलेटिको मेड्रिडसँग पराजित भएको थियो ।

उता ६१ बर्षे सेटिनले भने बेटिसलाई ला लिगाको अंकतालिकामा क्लब इतिहास कै सबैभन्दा माथिल्लो स्थानमा पुर्याएका थिए । साथै बेटिसलाई कोपा डेल रे को सेमिफाइनलको यात्रा पनि तय गराएका थिए ।

उनको जिम्मेवारीमा बेटिसले बार्सा, एटलेटिको र रियललाई पनि हराएको थियो । यद्यपि सेटिनले आपसी सहमति मै गत मई मा बेटिस छाडेका थिए । रिपोर्टअनुसार उनले बार्सिलोनासँग ३ बर्षको सम्झौता गरेका छन् र क्लबले उनलाई मंगलबार नै मिडिया सामु सार्वजनिक गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...