एएफसी यु २३ः नकआउट चरणमा पुग्ने दक्षिण कोरिया पहिलो टोली

एजेन्सी । एएफसी यु–२३ च्याम्पियनसिपको नकआउट चरणमा पुग्ने दक्षिण कोरिया पहिलो टोली बनेको छ । थाइल्याण्डमा जारी प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको दक्षिण कोरियाले क्वाटरफाइनल यात्रा तय गर्न सफल भयो ।

समूह सी मा रहेको दक्षिण कोरियाले आफ्नो दोस्रो खेलमा दावेदार इरानलाई २–१ ले हरायो । स्मरण रहोस, कोरियाले आफ्नो पहिलो खेलमा चीनलाई १–० ले हराएको थियो ।

https://twitter.com/theafcdotcom/status/1216378005498368000

यो नतिजापछि २ खेलबाट ६ अंक जोडेको कोरिया समूह सी बाट एक खेल खेल्नु अघि नै नकआउट चरणमा पुग्यो । सोही समूहमा रहेको अर्को खेलमा उज्वेकिस्तानले चीनलाई २–० ले हरायो ।

त्यस्तै दुई खेलबाट ४ अंक जोडेको उज्वेकिस्तान र १ अंक रहेको इरान क्रमक दोस्रो र तेस्रो स्थानमा छन् । उता लगातार दुई हार बेहोरेको चीन अंकविहीन रुपमा पुछारमा छ र समूह चरणबाटै बाहिरिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...