६ गोलको ‘थ्रीलर’मा रोकियो पिएसजी (भिडियोसहित)

एजेन्सी । फ्रेन्च लिग वानतर्फ साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) प्रतिस्पर्धात्मक भिडन्तमा मोनाकोसँग ३–३ को बराबरीमा रोकिएको छ ।

घरेलु मैदानमा भएको खेलमा पिएसजीका लागि ब्राजिलियन स्टार नेमारको दुई गोल पनि ओझेलमा पर्न पुग्यो । नेमारले खेलको तेस्रो मिनटमै पिएसजीका लागि पहिलो गोल गरेका थिए ।

तर लगतै गेल्सन मार्टिन्सले सातौं मिनटमा मोनाकोका लागि बराबरी गोल फर्काएका थिए । त्यस्तै १३औं मिनटमा विसाम बिन यदरले मोनाकोका लागि दोस्रो गोल गर्दै पाहुना टोलीलाई खेलमा अग्रता दिलाए ।

तर २४औं मिनटमा मोनाकोका फोडे बालो टुरेले आत्मघाती गोल गर्न पुग्दा पाहुना टोलीको त्यो अग्रता धेरैबेर टिक्न सकेन । त्यस्तै ४२औं मिनटमा नेमारले नै पिएसजीका लागि तेस्रो गोल पेनाल्टीबाट गरे । घरेलु टोलीले त्यो अग्रता पहिलो हाफसम्म मात्र जोगाउन सक्यो ।

उता ७०औं मिनटमा इस्लाम स्लीमनीले मोनाकोका लागि तेसं्रो गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए । यो नतिजापछि १९ खेलबाट ४६ अंक जोडेको पिएसजी शिर्ष स्थानमा छ र दोस्रो स्थानमा रहेको मार्सेली भन्दा अझै पनि ५ अंकले अगाडी छ । उता मोनाको भने २९ अंकका साथ आठौं स्थानमा उक्लिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...