रियललाई ११औं पटक सुपर कपको उपाधि (भिडियोसहित)

एजेन्सी । कप्तान सर्जियो रेमोसले निर्णायक पेनाल्टी प्रहार गर्दै रियल मेड्रिडले आइतबार राती प्रतिष्ठित स्पेनिस सुपर कपको उपाधि ११औं पटक जित्न सफल भएको छ ।

मेड्रिड डर्बीका रुपमा भएको फाइनल भिडन्तमा रियलले शहरी प्रतिद्वन्द्वी एटलेटिको मेड्रिडलाई पेनाल्टी शुटआउटमा ४–! ले हरायो । यसअघि साउदी अरबको जेद्दाह स्थित किंग अब्दुल्लाह स्पोर्टस सिटीमा भएको निर्धारित समयको खेल दुवै टोलीले रोमाञ्चक रुपमा गोलरहित बराबरी खेलेका थिए ।

स्मरण रहोस, निर्धारित समयतर्फ खेलको अन्तिमतिर रियल दश खेलाडीमा समेत सिमित भएको थियो । खेलको ११५औं मिनटमा फेडरिको भाल्भर्डेले एटलेकिोका अल्वारो मोराटालाई फल गरेपछि रातो कार्ड खानु परेको थियो । यद्यपि, रियलले एटलेटिकोलाई अतिरिक्त समयसम्म बराबरीमा रोक्न सफल भएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...