एएफसी यु–२३ः अष्ट्रेलियाको पहिलो जित, समूह ए को दौड खुला

एजेन्सी । थाइल्याण्डमा जारी एएफसी यु–२३ च्याम्पियनसिपतर्फ समूह ए को दौड खुला भएको छ । शनिबार भएको समूह चरणको दोस्रो खेलमा अष्ट्रेलियाले थाइल्यालाई हराएपछि र बहराईनले इराकलाई बराबरीमा रोकेपछि समूह ए को दौड खुला भएको हो ।

आफ्नो पहिलो खेलमा इराकसँग १–१ को बराबरी खेलेको अष्ट्रेलियाले शनिबार भने आयोजक थाइल्याण्ड माथि २–१ को जित निकाल्यो । स्मरण रहोस, थाइल्याण्डले भने आफ्नो पहिलो खेलमा बहराईनलाई ५–० ले हराउँदै सनसनी मच्याएको थियो ।

त्यस्तै शनिबार नै भएको समूह ए को अर्को खेलमा बहराइृन र इराकले १–१ को बराबरी खेल्दै अंक बाँडे । शनिबारको नतिजापछि समूह ए मा २ खेलबाट ४ अंक जोडेको अष्ट्रेलिया शिर्ष स्थानमा छ र समूह चरणको अन्तिम खेलमा मंगलबार बहराईनसँग भिड्नेछ । बहराइनको १ अंक छ र पुछारमा छ ।

त्यस्तै ३ अंक जोडेको थाइल्याण्ड दोस्रो स्थानमा छ भने २ अंक जोडेको इराक तेस्रो स्थानमा छ । समूह चरणको अन्तिम खेलमा थाइल्याण्डले इराकसँग मंगलबार नै खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...