कोरियन स्टार सोनले जिते प्रिमियर लिग अवार्ड

एजेन्सी । टोटेनह्याम हट्सपरका दक्षिण कोरियाली स्टार ह्युङ–मिन सोनले डिसेम्बर महिनाका लागि गोल अफ द मन्थको अवार्ड जितेका छन् । डिसेम्बर ७ तारीखका दिन बर्नली विरुद्ध गरेको चर्चित सोलो गोलले सोनलाई त्यो अवार्ड दिलाएको हो ।

उनले बर्नली विरुद्ध सो खेलमा आफ्नो पोष्टभन्दा केही अगाडी पाएको बललाई विपक्षीका ६–७ जना खेलाडीहरुलाई पछि पार्दै लामो दुरी दौडेर बर्नलीको बक्स नजिकैबाट आकर्षक र सनसनीपूर्ण रुपमा सोलो गोल गरेका थिए ।

त्यो गोलले उनलाई चौतर्फी रुपमा थप चर्चित समेत बनायो भने भर्खरै क्लबमा म्यानेजर बनेका चर्चित पोर्चुगिज प्रशिक्षक जोसे मौरिन्होले पनि सोनको खुलेर प्रशंसा गरेका थिए ।

समरण रहोस, बर्नली विरुद्धको सो खेलमा टोटेनह्याम ५–० ले विजयी भएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...