स्ट्राइकरमाथि तातो पेयपदार्थ फ्याँक्दा आपत

एजेन्सी । चर्चित स्कटिस क्लब रेन्जर्सका कोलम्बियन स्ट्राइकर अल्फ्रेडो मोरेलोसमाथि तातो पेयपदार्थ फ्याँक्ने एक व्यक्तिलाई पक्राउ गरि कारवाही गरिएको छ ।

घट्ना गत डिसेम्बर १५ तारीखका दिन घटेको बताइएको छ । त्यतिबेला रेन्जर्सले मदरवेल विरुद्ध उसकै घरेलु मैदान फिर पार्कमा स्कटिस प्रिमियर लिगतर्फ भिडिरहेको थियो ।

प्रहरीका अनुसार घट्नामा संलग्न व्यक्तिको उमेर ३० बर्ष रहेको बताइएको छ । यद्यपि त्यस व्यक्तिबारे थप केही खुलाइएको छैन । साथै पक्राउ परेका उक्त व्यक्तिलाई २९ जनवरीका दिन अदालतमा पेश गराइने पनि प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...