नेपालमाथि गोल बर्षा गर्ने कतार रोकियो

एजेन्सी । एएफसी यु–२३ च्याम्पियनसिपतर्फ दावेदार मानिएको कतार आफ्नो पहिलो खेलमा रोकिएको छ । गत संस्करणको तेस्रो स्थान हासिल गर्ने टोली समेत रहेको कतारले च्याम्पियनसिपमा समूह बी तर्फ सिरियासँग २–२ को बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको हो ।

https://twitter.com/theafcdotcom/status/1215248157224947713

त्यस्तै, उता कतार कै समूहमा रहेको अर्को खेलमा साउदी अरबले एसियन पावर हाउस जापानमाथि २–१ को सनसनीपूर्ण जित निकाल्यो । समूह चरणतर्फ आफ्नो दोस्रो खेलमा अब कतारले १२ जनवरी आइतबारका दिन साउदीसँग खेल्नेछ भने सोही दिन जापानले सिरियाको सामना गर्नेछ ।

https://twitter.com/theafcdotcom/status/1215293453120073734

स्मरण रहोस, गत बर्ष मार्चमा कतारमै भएको भएको एएफसी यु–२३ च्याम्पियनसिप छनौटतर्फ कतार र नेपाल एउटै समूहमा थिए । त्यतिबेला कतारले नेपाललाई ५–० को फराकिलो अन्तरले हराएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...