एएफसी यु–२३ च्याम्पियनसिपमा थाइल्याण्डको ऐतिहासिक जित

एजेन्सी । थाइल्याण्डमा शुरु एएफसी यु–२३ च्याम्पियनसिपमा आयोजक राष्ट्रले ऐतिहासिक जित हात पारेको छ । प्रतियोगितामा आयोजकको हैसियतले तेस्रोपटक सहभागिता जनाइरहेको थाइल्याण्डले पहिलो जित हात पार्यो ।

समूह ए मा रहेको थाइल्याण्डले आफ्नो पहिलो खेलमै बहराईन माथि ५–० को उत्कृष्ट जित निकाल्यो । यसअघि सन् २०१६ र २०१८ को संस्करणमा सहभागिता जनाएको थाइल्याण्डले एउटै खेल नजिती समूह चरणबाटै बाहिरिएको थियो ।

त्यस्तै सोही समूहमा रहेका अर्को दुई बलिया टोली इराक र अष्ट्रेलियाले १–१ को बराबरी खेल्दै अंक बाँडे । पहिलो खेलहरुको नतिजापछि समूह ए मा ३ अंक जोडेको थाइल्याण्ड शिर्ष स्थानमा छ भने १–१ अंक जोडेका इराक र अष्ट्रेलिया दोस्रो र तेस्रो स्थानमा छन् । त्यस्तै अंकविहीन बहराईन भने पुछारमा छ ।

समूह चरणको आफ्नो दोस्रो खेलमा थाइल्याण्डले शनिबार अष्ट्रेलियाको सामना गर्नेछ भने सोही दिन इराक र बहराईन पनि आमने सामने हुने छन् ।

स्मरण रहोस, उज्वेकिस्तान प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो भने भियतनाम उपविजेता हो । त्यस्तै कतारले तेस्रो स्थान हासिल गरेको थियो भने दक्षिण कोरिया चौथो भएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...