किंग पावरको पहिलो लेगमा जोगियो लेस्टर (भिडियोसहित)

एजेन्सी । प्रतिष्ठित इङलिस काराबाओ कप (लिग कप) को दोस्रो सेमिफाइनलको पहिलो लेगतर्फ लेस्टर सिटीले आफ्नो सम्भावित हार टारेको छ ।

घरेलु मैदान किंग पावर स्टेडियममा भएको खेलमा लेस्टरले एस्टन भिल्लासँग १–१ गोलको बराबरी खेल्यो । खेलको २८औं मिनटमा भिल्लाले फ्रेडरिक गिलबर्टको गोलबाट अग्रता लियो ।

पहिलो हाफसम्म पाहुना टोलीले त्यो अग्रतालाई जोगाइ राख्न पनि सफल भयो । तर, अन्तिमतिर सम्हालिन सकेन । उता वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका नाइजेरियन फरवार्ड केलेची लिनाचो लेस्टरका लागि वरदान साबित भए ।

२३ विर्षे यी फरवार्डले ७४औं मिनटमा घरेलु टोलीका लागि बराबरी गोल गर्दै लेस्टरको सम्भावित हार टारेका थिए । यो बराबरी नतिजासँगै यी दुई टोलीको दोस्रो लेगको खेल पनि प्रतिस्पर्धात्मक र निर्णायक बन्ने निश्चित भएको छ ।

दोस्रो लेगको खेल अब २८ जनवरीका दिन बर्मिङ्घम स्थित भिल्लाको घरेलु पार्कमा हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...