महँगो चोटमा बल्झिएको टोटेनह्याम

एजेन्सी । इङलिस प्रिमियर लिगमा हाल मिश्रित लयमा देखिएको टोटेनह्याम हट्सपरलाई मुख्य खेलाडीको चोटले पिरोलेको छ । बीबीसीको रिपोर्टअनुसार टोटेनह्यामका भरपर्दा फ्रेन्च मिडफिल्डर मुसा सिसोको अप्रिलसम्म मैदान बाहिर रहने भएका छन् ।

रिपोर्टअनुसार ३० बर्षिय सिसोकोले घुँडाको शल्यक्रिया गरेपछि उनी लामो समय मैदान बाहिर रहने निश्चित भएको हो । यस सिजन उत्तरी लण्डन क्लबका लागि २१ मध्ये २० खेलमा नियमित सहभागिता जनाएका सिसोकोले दुई गोल समेत गर्न भ्याएका छन् ।

स्रोतका अनुसार सिसोको नियमित क्लबको निगरानीमा रहेर स्वास्थ्य लाभ गर्नेछन् । साथै, क्लबले उनी अप्रिलको शुरुवात मै मैदानमा फर्किन सक्षम बनाउन प्रयासरत रहने बताइएको छ ।

स्मरण रहोस, दुई साताको अन्तरालमा टोटेनह्यामले आफ्नो दुई मूख्य खेलाडीलाई गुमाउन बाध्य भएको छ । गत साता मात्र चर्चित स्ट्राइकर हेरी केन पनि ह्यामस्ट्रिङका कारण मैदान बाहिर रहने बताइएको थियो । यद्यपि केन कहिलेसम्म मैदान बाहिर रहने हुने त्यो भने क्लबले खुलाएको छैन ।

प्रिमियर लिगमा हाल २१ खेलबाट ३० अंक जोडेको टोटेनह्याम लिगतालिकाको छैठौं स्थानमा छ । र, चौथो स्थानमा रहेको चेल्सी भन्दा पाँच अंकले पछाडी छ ।


प्रतिक्रिया दिनुहोस

Loading...