सलाहलाई पछि पार्दै माने बने अफ्रिकाका ‘बेस्ट’

एजेन्सी । लिभरपुलका स्टार फरवार्ड साडियो मानेले पहिलोपटक अफ्रिकन बर्ष खेलाडीको अवार्ड जितेका छन् । सेनेगलका यी आक्रमक फरवार्ड तथा विंगरले लिभरपुल कै टिममेट तथा इजिप्शियन स्टार मोहमद सलाहलाई पछि पारे ।

स्मरण रहोस, पछिल्लो दुई बर्ष यो अवार्डमाथि सलाहले लगातार कब्जा जमाएका थिए । यद्यपि यसवर्ष भने सलाह दोस्रो स्थानमा रहे । मानेले कुल ४७७ अंक हात पारे भने दोस्रो स्थानमा रहेका सलाहले ३२५ अंक प्राप्त गरे ।

स्मरण रहोस, मानेले गत सिजन लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि जिताउन अहम भूमिका खेलेका थिए । साथै, गत सिजन सबै प्रतियोगितामा गरेर उनले कुल ३० गोल समेत गरेका थिए । त्यस्तै यस सिजन पनि रेड्सका लागि १५ गोल गरिसकेका छन् ।

अवार्ड जितेपछि मानेले प्रतिक्रिया दिंदै भने, “म निकै खुशी छु, निकै गर्विलो महशुस गरिरहेको छ । फुटबल मेरो पेशा हो र म यसलाई माया गर्छु ।”

त्यस्तै तेस्रो स्थानमा म्यानचेष्टर सिटी तथा अल्जेरियाका स्टार रियाद महरेज रहे । महरेजले कुल २६७ अंक प्राप्त गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...