लिग कप सेमिफाइनलको पहिलो लेगमा सिटीको उत्कृष्ट जित

एजेन्सी । डिफेन्डिङ च्याम्पियन म्यानचेष्टर सिटीले काराबाओ कप (लिग कप) को सेमिफाइनलतर्फ पहिलो लेगमा प्रभावशाली जित दर्ता गरेको छ । मंगलबार रात ीओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा सिटीले शहरी प्रतिद्वन्द्वी म्यानचेष्टर युनाइटेडमाथि ३–१ को प्रभावशाली जित निकाल्यो ।

खेलको १७औं मिनटमा बर्नाडो सिल्वाको गोलबाट सिटीले खेलमा अग्रता बनायो । लगतै ३३औं मिनटमा रियाद महरेजले त्यो अग्रता दोब्बर पारे । त्यस लगतै फेरि ३८औं मिनटमा आन्द्रेस परिराले आत्मघाती गोल गर्न पुग्दा युनाइटेड पहिलो हाफ मै ३–० ले पछि पर्न पुगेको थियो ।

उता खेलको ७०औं मिनटमा मार्कस रेशफोर्डले घरेलु टोलीका लागि एक गोल फर्काए । पहिलो लेगमा उत्कृष्ट जित निकालेता पनि ुिसटी विरुद्ध रेशफोर्डको गोल दोस्रो लेगमा टर्निङ प्वाइन्ट बन्न सक्छ । अब दोस्रो लेगको खेल आउँदो २९ जनवरीका दिन युनाइटेडले सिटीको घरेलु मैदानमा खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...