फैक बोल्कियाः फुटबलमा भविष्यमा खोज्दै यी अरबौंका मालिक

एजेन्सी । ब्रुनेइका सुल्तान हसन बोल्कियाका भाई जेफ्री जति विलासी छन्, त्यति विवादित छन् । भनौं विवाद र जेफ्री एक अर्काकाका पर्याय हुन् । पाँच श्रीमती र १८ सन्तानका पिता जेफ्रीका ती सन्तानहरु मध्ये एक हुन फैक बोल्किया ।

आफ्ना पिता भन्दा ठिक विपरित छन् फैक । शतप्रतिशत सम्पन्नतामा हुर्किएर पनि उनी विलासिता होइन संघर्षरत छन् । अर्थात फैक आफ्नो सुनौलो भविष्यका लागि संघर्षरत छन् । त्यो पनि फुटबलमा ।

अन्तर्राष्ट्रिय स्रोतका अनुसार १९ अरब अमेरिकी डलरका मालिक फैकसँग युरोपका चर्चित र ठूला सफल क्लबहरु ३/४ वटा किन्ने हैसियत छ । एक अर्थमा उनी विश्व कै सर्वाधिक धनी खेलाडी समेत हुन् । तर, उनी अझै पनि संघर्षरत छन् ।

इङलिस क्लब एएफसी न्यु ब्युरीबाट साउथह्याम्पटन, आर्सनल, चेल्सी हुँदै हाल लेस्टर सिटीमा आवद्ध छन् फैक । यद्यपि व्यवसायीक भने भईसकेका छैनन् ।

ब्रुनेई राष्ट्रिय फुटबल टोलीका कप्तान समेत रहेका फैकसँग अमेरिकाबाट खेल्ने अवसर पनि थियो तर उनले आफ्नै देशलाई रोजे । ब्रुनेई त्यहि देश हो, जसलाई अन्तर्राष्ट्रिय फुटबलमा पटक–पटक हराएको इतिहास छ ।

विवादित पिताको छत्र छाँयामा हुर्किएर पनि उनी विवादमुक्त छन् । उनको एउटै लक्ष्य छ, व्यवसायीक फुटबलर बन्ने र आफ्नै संघर्षले मनग्य कमाएर स्टार फुटबलर बन्ने आफ्नो भविष्य सुनिश्चित गर्ने ।


प्रतिक्रिया दिनुहोस

Loading...