पोर्चुगिज स्टारले हासिल गरेको त्यो ‘दमदार’ उपलब्धी

एजेन्सी । पोर्चुगिज सुपर स्टार क्रिष्टियानो रोनाल्डोले इटालियन सिरि ए तर्फ सोमबार राती काग्लिरी विरुद्ध सिरि ए कै आफ्नो पहिलो ह्याट्रिक गरे । त्यो खेलमा युभेन्टस ४–० विजयी समेत भयो ।

यद्यपि खेलमा रोनाल्डोले भने एक शानदार किर्तिमान आफ्नो नाममा लेखाए । करियरको समग्रमा ५६औं ह्याट्रिक पूरा गरेका रोनाल्डोले इङलिस प्रिमियर लिग, स्पेनिस ला लिगा र इटालियन सिरि ए मा ह्याट्रिक गर्ने दोस्रो खेलाडी बने ।

युभेन्टसका लागि भने यो रोनाल्डोको दोस्रो ह्याट्रिक थियो । यसअघि गत सिजन च्याम्पियन्स लिगमा उनले एटलेटिको मेड्रिड विरुद्ध ओल्ड लेडीका लागि पहिलो ह्याट्रिक गरेका थिए ।

स्मरण रहोस, युरोपको चर्चित तीनै शिर्ष लिगमा ह्याट्रिक गर्ने यो उपलब्धी हासिल गर्ने पहिलो खेलाडी भने चिलीका एलेक्सिस सान्चेज थिए । उनले उडिनेसे (इटाली), बार्सिलोना (स्पेन) र आर्सनल (इङल्याण्ड) का लागि गरेका थिए ।

त्यति मात्र नभएर स्पेनिस ला लिगा, इङलिस प्रिमियर लिग, इटालियन सिरि ए र विश्वकपमा ह्याट्रिक गर्ने उनी एक्ला खेलाडी समेत हुन् । साथै सिरि ए को इतिहास मै ह्याट्रिक गर्ने उनी पहिलो पोर्चुगिज खेलाडी समेत बनेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...