सिरि ए मा रोनाल्डोको पहिलो ह्याट्रिक

एजेन्सी । पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले आफ्नो उत्कृष्ट गोल स्कोरिङ लयलाई निरन्तरता दिंदै ह्याट्रिक गरेपछि इटालियन सिरि ए तर्फ साविक विजेता युभेन्ट्सले शानदार जित हात पारेको छ ।

सोमबार घरेलु मैदान आलियान्ज एरिनामा भएको खेलमा युभेन्ट्सले काग्लिरीलाई ४–० ले हरायो । पहिलो हाफ गोलरहित बराबरी खेलेको दुवै टोलीले दोस्रो हाफमा भने युभेन्ट्स हावी भयो ।

४९औं मिनटमा रोनाल्डोले पहिलो गोल गरे । ६७औं मिनटमा पेनाल्टीबाट रोनाल्डोले त्यो अग्रता दोब्बर पारे । त्यस्तै ८१औं मिनटमा गोन्जालो हिग्वेनले घरेलु टोलीका तेस्रो गोल गरे ।

लगतै ८२औं मिनटमा रोनाल्डोले टोलीका लागि चौथो तथा व्यक्तिगत तेस्रो गोल गर्दै आफ्नो ह्याट्रिक समेत पूरा गरे । इटालियन च्याम्पियनसँग आवद्ध भएपछि सिरि ए मा रोनाल्डोको यो पहिलो ह्याट्रिक समेत हो ।

यो जितपछि १८ खेलबाट ४५ अंक जोडेको युभेन्ट्स शिर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको इन्टर मिलान ४२ अंकका साथ दोस्रो स्थानमा छ । उता पराजित काग्लिरी भने २९ अंकका साथ छैठौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...