बार्सिलोना विरुद्ध गोल गर्ने पहिलो चिनीयाँ खेलाडी

एजेन्सी । स्पेनिस ला लिगातर्फ शनिबार अबेर राती भएको खेलमा साविक विजेता बार्सिलोनाले शहरी प्रतिद्वन्द्वी इस्पान्योलसँग बराबरी खेल्दै अंक बाँड्न बाध्यो ।

इस्पान्योलको घरेलु मैदानमा भएको क्याटलन डर्बीमा दश खेलाडीमा सिमित बार्सिलोना घरेलु टोलीसँग २–२ को बराबरी रोकियो । २३औं मिनटमा डेविड लोपेजले इस्पान्योललाई अप्रत्याशित अग्रता दिलाएका थिए ।

https://twitter.com/goal/status/1213709211064061952

तर दोस्रो हाफको ५० र ५९औं मिनटमा क्रमशः लुइस सुआरेज र आर्तुरो भिडालले गोल गर्दै खेलमा बार्सिलोनालाई अघि पर्याएका थिए । यद्यपि खेलको ७५औं मिनटमा फ्रेन्की डि जोङले रातो कार्ड खाँदै मैदान छाडेपछि बार्सा दश खेलाडीमा सिमित हुन पुग्यो ।

जसको फाईदा घरेलु टोलीले उठाउन सफल भयो । खेलको ८८औं मिनटमा चिनीयाँ विंगर वु लेईले गोल गर्दै बार्साको जितलाई लत्याईदिएका थिए । त्यो गोलसँगै लेईले एक विशेष उपलब्धी आफ्नो नाममा गराए ।

https://twitter.com/RCDEspanyol/status/1213583670986100737

त्यो बराबरी गोलसँगै २८ बर्षे लेई बार्सिलोना विरुद्ध गोल गर्ने पहिलो चिनीयाँ खेलाडी बने । स्मरण रहोस, ला लिगा खेल्ने उनी केवल दोस्रो चिनीयाँ खेलाडी समेत हुन् । यसअघि झाङ चेङडोङले रायो भेलकानोबाट स्पेनिस ला लिगा खेल्ने पहिलो चिनीयाँ खेलाडीको उपलब्धी हासिल गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...