गार्डिओलाले तोडे मौरिन्होको किर्तिमान

एजेन्सी । इङलिस प्रिमियर लिगमा आइतबार राती म्यानचेष्टर सिटीले शेफिल्ड युनाइटेडमाथि २–० को जित हात पार्यो । यो जितसँगै २० खेलबाट ४१ अंक जोडेको सिटी लिगतालिकाको तेस्रो स्थानमा छ ।

शिर्ष स्थानमा ५५ अंक जोडेको लिभरपुल छ भने ४२ अंक जोडेको लेस्टर सिटी दोस्रो स्थानमा छ । यद्यपि आइतबार राती सिटीको त्यो जित म्यानेजर पेप गार्डिओलाका लागि खास रह्यो ।

गार्डिओलाले त्यो जितपछि सर्वाधिक छिटो १०० खेल जित्ने म्यानेजरको किर्तिमान बनाउन सफल भए । उनले यो उपलब्धी हासिल गर्न केवल १३४ खेल मात्र पर्खन पर्यो ।

यसअघि यो किर्तिमान चर्चित पोर्चुगिज म्यानेजर जोसे मौरिन्होको नाममा थियो । हाल यो उपलब्धी हासिल गर्ने म्यानेजरको सूचीमा दोस्रो स्थानमा रहेका मौरिन्होले १४२ खेलमा यो उपलब्धी हासिल गरेका थिए ।

मौरिन्होले सन् २०१४ मा म्यानचेष्टर युनाइटेडको जिम्मेवारी सम्हालेको बेला जनवरीमा चेल्सीमाथि ३–१ को जित निकाल्दै यो किर्तिमान बनाएका थिए । त्यस्तै तेस्रो स्थानमा लिभरपुलकै म्यानेजर यर्गन क्लप छन् । क्लपले १५९औं खेलमा १००औं जित हात पारेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...