रोनाल्डोलाई किर्तिमानी छैठौंपटक ग्लोब सकर अवार्ड

एजेन्सी । युभेन्टस्का पोर्चुगिज सुपरस्टार क्रिष्टियो रोनाल्डोले भलै यसपटकको बेलन डि’अर जित्न सकेनन् । तर, उनले दुबई ग्लोब सकर अवार्डसको उत्कृष्ट पुरुष फुटबलरको अवार्ड लगातार चौथोपटक जित्न सफल भएका छन् ।

३४ बर्षिय रोनाल्डोले समग्रमा यो अवार्डमाथि छैठौंपटक कब्जा जमाउन सफल भएका हुन् । सन् २०१० देखि दिन थालिएको यो अवार्डमाथि आफ्नो आधिपत्य जमाउने रोनाल्डो एक्ला खेलाडी समेत हुन् । यो अवार्ड लियोनल मेसी, राडामेल फाल्काओ र फ्रान्क रिबेरीले १

https://twitter.com/goal/status/1211346552129802240

आफ्नो पहिलो सिजनमै युभेन्टसलाई सन् २०१८–१९ को सिरि ए उपाधि जिताउन अहम भूमिका खेलेका रोनाल्डोले पोर्चुगललाई आफ्नै कप्तानीमा युइएफए नेशन्स लिगको उपाधि पनि जिताएका थिए ।

त्यस्तै महिलातर्फको यो अवार्ड इङल्याण्डकी लुसी ब्रोन्जले जितिन् भने उत्कृष्ट प्रशिक्षक लिभरपुलका जर्मन म्यानेजर यर्गन क्लोप चुनिए । स्मरण रहोस, क्लप कै व्यवस्थापकीय जिम्मेवारीमा लिभरपुलले गत सिजन प्रतिष्ठित च्याम्पियन लिगको उपाधि जितेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...