साँघुरो जितका साथ लिभरपुलले गर्यो वर्षको सुखद समापन

एजेन्सी । लिगलिडर लिभरपुलले इङलिस प्रिमियर लिगमा वर्ष २०१९ को अन्तिम खेलका रुपमा आइतबार राती साँघुरो जित निकाल्दै वर्षको सुखद समापन गरेको छ ।

आइतबार अबेर राती घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले वोल्भरह्याम्पटनलाई १–० को साँघुरो अन्तरले हरायो । लिभरपुलको जितमा पहिलो हाफ सकिनु केहि अघि ४२औं मिनटमा साडियो मानेले निर्णायक गोल गरे ।

यो जितसँगै लिभरपुल घरेलु मैदानमा भएको लिग खेलहरुमा ५०औं खेलसम्म पनि अपराजित रहन सफल भयो । बीबीसीका अनुसार रेड्सले घरमा खेलेको ५० मध्ये ४० मा जित र १० मा बराबरी नतिजा निकालेको थियो ।

सातै आइतबारको यो जितसँगै रेडसले १९ खेलबाट ५५ अंक जोड्दै शिर्ष स्थानमा आफ्नो पकडलाई यथावत राखेको छ र दोस्रो स्थानमा रहेको लेस्टर सिटी भन्दा १३ अंकको स्पष्ट अग्रता बनाउन पनि सफल भएको छ ।

त्यति मात्र नभएर लिभरपुलले एक खेल कम पनि खेलेको छ । उता पराजित वोल्भरह्याम्पटन भने ३० अंकका साथ सातौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...