लिग दौडमा लिभरपुलको सम्भावना थप बलियो

एजेन्सी । इङलिस प्रिमियर लिगतर्फ बक्सिङ डे म्याचका रुपमा बिहीबार अबेर राती भएको खेलमा लिगडिर लिभरपुलले निकटतम प्रतिद्वन्द्वी लेस्टर सिटीलाई हराउँदै उपाधि होडमा आफ्नो सम्भावना थप बलियो बनाएको छ ।

किंग पावर स्टेडियममा सम्पन्न खेलमा रेड्सले घरेलु टोलीमाथि ४–० को प्रभावशाली जित निकाल्यो । लिभरपुलका लागि रोबर्टो फर्मिनो चम्किए । उनले खेलको ३१ र ७४औं मिनटमा गरी दुई गोल गरे ।

त्यस्तै थप दुई गोल भने ७१औं मिनटमा जेम्स मिल्नरले पेनाल्टीबाट गरे भने अर्को गोल ट्रेन्ट अलेक्जेन्डर आर्नोल्डले ७८औं मिनटमा गरे । दश मिनट भित्र नाटकीय रुपमा तीन गोल खाएको लेस्टर फेरि खेलमा फर्कन सकेन ।

यो जितपछि १८ खेलबाट ५२ अंक जोडेको लिभरपुल शिर्ष स्थानमा छ । र दोस्रो स्थानमा रहेको लेस्टर भन्दा १३ अंकले अगाडी छ । साथै लिभरपुलले एक खेल कम समेत खेलेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...