बक्सिङ डे मा अपराजित टोटेनह्याम

एजेन्सी । प्रिमियर लिगतर्फ बक्सिङ डेमा बिहीबार टोटेनह्याम हटसपर्सले रोमाञ्चक जित हात पार्दै लिगतालिकाको पाँचौं स्थानमा पकड जमाएको छ । घरेलु मैदानमा ब्राईटनलाई २–१ ले हराएको स्पर्सले १९ खेलबाट २९ अंक जोड्दै पाँचौं स्थानमा पकड जमाएको हो ।

उत्तरी लण्डनमा भएको खेलमा एडम वेब्स्टरको गोलबाट ब्राईटनले खेलमा अप्रत्याशित अग्रता बनाएको थियो र त्यसलाई पहिलो हाफसम्म कायम राख्न पनि सफल भएको थियो ।

तर, दोस्रो हाफको ५३औं मिनटमा हेरी केनले स्पर्सका लागि बराबरी गोल फर्काए भने ७२औं मिनटमा डेले अलीले दोस्रो तथा निर्णायक गोल गर्दै टोलीलाई रोमाञ्चक जित दिलाए ।

स्मरण रहोस, बक्सिङ डेमा हुने लिगको पछिल्ला १४ खेलहरुमा स्पर्स अपराजित छ । त्यसमध्ये ११ मा जित र ३ मा बराबरी नतिजा आत्मसात समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...