ज्लाटनको शालिकको नाक पनि भाँचियो, यस्तो छ कारण

एजेन्सी । स्वीडीस स्टार ज्लाटन इब्राहिमोभिचले आफ्नो व्यवसायीक करियर शुरु गरेको क्लब माल्मोको स्टेडियम अगाडी बनाइएको उनको पूर्ण कदको शालिकको नाक काटिएको छ । रिपोर्टअनुसार यसअघि उनको मुर्ति र घरमा तोडफोड गर्नेहरुले नै यो हरकत गरेको हुन सक्ने बताइएको छ ।

स्मरण रहोस, ३८ बर्षिय ज्लाटनले दुई दशक अघि माल्मो कै लागि डेब्यु गर्दै व्यवसायीक फुटबलमा पर्दापण गरेका थिए । उता यो घट्नापछि सो शालिकका निर्माणकर्ता पिटर लिन्डेले यस्तो कार्य नगर्न सबैलाई अपिल गरेका छन् ।

किन पर्दैछन् ज्लाटन निशानामा ? यस्तो छ कारण

गत महिना अर्थात् २७ नोभेम्बरका दिन ज्लाटनले स्वीडीस क्लब हेमरबाइको २५ प्रतिशत शेयर किनेको घोषणा गरेका थिए । यो घोषणा गरे लगतै ज्लाटनलाई भने केही समस्या पर्न पुग्यो ।

कारण थियो, ज्लाटनले लगानी गरेको क्लब हेमरबाइ उनकै पूर्व क्लब माल्मोको कट्टर प्रतिद्वन्द्वी । ज्लाटनको यो कदम माल्मोका समर्थकहरुलाई मन परेन । त्यसकै फलस्वरुप उनी माल्मोका समर्थकहरुको निशानामा पर्न थाले ।

ज्लाटनले हेमरबाइमा लगानी गरेको खबर बाहिर आए लगतै उनको शालिकमा रंग छ्याप्ने र उनको घरमा तोडफोड गर्ने गरिएको खबर पनि बाहिर आएको थियो । जसको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले प्राथमिकताका साथ खबर समेत छापेका थिए ।

माल्मोपछि एजाक्स, युभेन्ट्स, इन्टर मिलान, एसी मिलान, बार्सिलोना, पेरिस सेन्ट जर्मेन, म्यानचेष्टर युनाइटेड जस्ता ठूला र सफल क्लबहरुबाट समेत खेलिसकेका ज्लाटनले हालै अमेरिकी क्लब लस एन्जल्स ग्यालेक्सी छाड्ने घोषणा गरेका थिए । साथै हाल उनी नयाँ क्लबको खोजीमा समेत छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...