किर्तिमानी जितका साथ लिभरपुलमाथि लेस्टरको दबाब कायमै

एजेन्सी । प्रिमियर लिगतर्फ आइतबार फराकिलो जित निकाल्दै लेस्टर सिटीले शिर्ष स्थानमा रहेको लिभरपुलसँगको उपाधि होडको सम्भावनालाई कायम राखेको छ ।

प्रिमियर लिगमा क्लबको किर्तिमानी लगातार आठौं जित हात पार्ने क्रममा लेस्टरले शनिबार एस्टन भिल्लालाई उसकै घरमा ५–१ को फराकिलो अन्तरले हरायो । लेस्टको जितमा स्टार फरवार्ड जेमी भार्डीले दुई (२०, ७५) गोल गरे ।

त्यस्तै लेस्टरका लागि थप दुई गोल लिनाचो (४१) र जोनी इभान्स (४९) ले गरे । उता पराजित एस्टन भिल्लाका लागि ज्याक ग्रिलिसले पहिलो हाफ कै इन्जुरी समयमा गोल गरे तापनि त्यतिबेला अबेर भईसकेको थियो ।

यो जितसँगै १६ खेलबाट ३८ अंक जोडेको लेस्टर लिगतालिकाको दोस्रो स्थानमा छ । उता पराजित भिल्ला भने १५ अंकका साथ रेलिगेशन क्षेत्रभन्दा एक स्थानमाथि १७औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...