रोनाल्डोको गोलले पनि जोगिएन युभेन्टसको हार (भिडियोसहित)

एजेन्सी । इटालियन सिरि ए तर्फ साविक विजेता युभेन्टस्ले सिजनको पहिलो हारको सामना गर्न बाध्य भएको छ । शनिबार राती भएको खेलमा दश खेलाडीमा सिमित युभेन्टसले लाजियोसँग ३–१ को हार बेहोरेको हो । यो हारसँगै युभेन्टसको सिरि ए मा अपराजित यात्रा पनि समाप्त भएको छ ।

खेलको २५औं मिनटमा क्रिष्टियानो रोनाल्डोको गोलबाट अग्रता बनाएको युभेन्टसले त्यसलाई जोगाउन सकेन । पहिलो हाफ कै इन्जुरी समयमा रेमोस मार्चीले लाजियोका लागि बराबरी गोल फर्काए । दोस्रो हाफतर्फ ६९औं जिनमा जुआन क्वाड्राडोले सोझै रातो कार्ड खाँदै मैदान बाहिरिएपछि युभेन्टस दश खेलाडीमा सिमित हुन पुगेको थियो ।

जसको फाईदा उठाउँदै सर्जेज मिलिन्कोभिचले लाजियोका लागि ७४औं मिनटमा दोस्रो गोल गरे भने अन्तिमतिर इन्जुरी समयमा फेलिपे काइसिडोले लाजियोका लागि तेस्रो गोल गर्दै घरेलु टोलीको जित पक्का गरेका थिए ।

यो जितपछि १५ खेलबाट ३३ अंक जोडेको लाजियो तेस्रो स्थानमा छ भने युभेन्टस ३६ अंकका साथ दोस्रो स्थानमा छ । उता ३८ अंक जोडेको इन्टर मिलान शिर्ष स्थानमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...