‘म्यानचेष्टर डर्बी\’मा हार्दा उपाधि होडमा झन खस्कियो सिटी

एजेन्सी । इङलिस प्रिमियर लिगतर्फ सिजनको पहिलो म्यानचेष्टर डर्बीमा साविक विजेता म्यानचेष्टर सिटीले स्तब्धपुर्ण हार बेहोरेको छ । घरमै स्तब्धपुर्ण हार बेहोर्ने क्रममा सिटीले शहरी प्रतिद्वन्द्वी म्यानचेष्टर युनाइटेडसँग २–१ ले नतिजा सुम्पियो ।

ऐतिहाद स्टेडियममा युनाइटेडले पहिलो हाफ मै गरेको दुई गोल सिटी विरुद्ध जित निकाल्न प्रर्याप्त बन्यो । २३औं मिनटमा मार्कस रेशफोर्डले युनाइटेडका लागि पहिलो गोल गरे । त्यो गोल पेनाल्टीबाट सम्भव भएको थियो ।

लगतै २९औं मिनटमा एन्थोनी मार्शलले युनाइटेडका लागि दोस्रो गोल गरे । जुन खेलको निर्णायक पनि बन्यो । उता खेलको अन्तिमतिर ८५औं मिनटमा निकोलास ओटामेन्डीले सिटीका लागि गोल फर्काए तापनि त्यो हार टार्न अबेर भईसकेको थियो ।

यो हारसँगै सिटी लिगलिडर लिभरपुलभन्दा १४ अंकले पछि परेको छ । उता शनिबार नै बर्नमाउथलाई ३–० ले हराएको लिभरपुल ४६ अंकका साथ शिर्ष स्थानमा यथावत छ । त्यस्तै म्यानचेष्टर युनाइटेड भने २४ अंकका साथ पाँचौं स्थानमा उक्लिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...