दश खेलाडीमा सिमित भएर पनि रियलको जित, फेरि शिर्ष स्थानमा उक्लियो (भिडियोसहित)

एजेन्सी । फ्रेन्च स्टार करिम बेन्जेमा चम्किएको खेलमा स्पेनिस ला लिगातर्फ रियल मेड्रिडले इस्पान्योलमाथि २–० को प्रभावशाली जित निकालेको छ । घरेलु मैदा नबर्नबेयुमा भएको खेलमा दश खेलाडीमा सिमित हुनुका बावजुद रियलले महत्वपूर्ण तीन अंक हासिल गर्न सफल भयो ।

खेलको ३७औं मिनटमा राफेल भरानेले रियलका लागि पहिलो गोल गरे । जुन गोलका लागि बेन्जेमाले करिम बेन्जेमाले पास मिलाइदिएका थिए । त्यस्तै ७९औं मिनटमा बेन्जेमाले नै दोस्रो गोल गर्दै रियलको प्रभावशाली जित पक्का गरेका थिए ।

उता खेलको ८३औं मिनटमा फेरलान्ड मेन्डीले दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाडेपछि रियल दश खेलाडीमा सिमित हुन पुगेको थियो । यद्यपि त्यतिन्जेलसम्म रियलले नतिजा आफ्नो पक्षमा पार्न सफल भईसकेको थियो ।

यो जितसँगै १५ खेलबाट ३४ अंक जोडेको रियल फेरि शिर्ष स्थानमा उक्लिएको छ र दोस्रो स्थानमा रहेको साविक विजेता बार्सिलोनाभन्दा ३ अंककले अगाडी छ । यद्यपि बार्साले रियल भन्दा एक खेल कम खेलेको छ र शनिबार नै राती मालोर्कासँग खेल्दैछ ।


प्रतिक्रिया दिनुहोस

Loading...