गल्फ कप : दुई दावेदार कतार र इराक सेमिफाइनल मै सतब्ध

एजेन्सी । तीन–तीन पटकका पूर्व विजेता इराक र कतार जारी प्रतिष्ठित २४औं अरबियन गल्फ कपको सेमिफाइनल मै स्तब्ध भएका छन् ।

https://twitter.com/theafcdotcom/status/1202636014201835522

दोहा स्थित अब्दुल्ला बिन खलिफा स्टेडियममा भएको पहिलो सेमिफाइनलमा इराकले बहराइनसँग पेनाल्टी शुटआउटमा ५–३ काृ हार बेहोर्यो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।

त्यस्तै दोस्रो सेमिफाइनलमा आयोजक राष्ट्र तथा एसियन च्याम्पियन समेत रहेको इराकले साउदी अरबसँग १–० को झिनो अन्तरको हार बेहोर्यो ।

https://twitter.com/theafcdotcom/status/1202665007202344960

फाइनल खेल आइतबार साउदी र बहराईनबीच हुनेछ । स्मरणीय छ, यी दुई टोली जारी प्रतियोगितातर्फ एउटै समूह बी मा थिए । समूह चरणको खेलमा साउदीले बहराइनमाथि २–० को जित निकालेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...