आर्सनल घरमै स्तब्ध (भिडियोसहित)

एजेन्सी । खराब प्रदर्शन गरेकै कारण गत साता म्यानेजर एनाइ एमरीलाई बर्खास्त गरेको आर्सनलले बिहीबार राती आफ्नो घरेलु मैदानमै ब्राईटनसँग २–१ ले पराजित भएको छ ।

आर्सनल कै पूर्व मिडफिल्डर फ्रेडरिक लिजुंगबर्गको अन्तरिम व्यवस्थापनममा रहेको आर्सनलले घरमै पराजयको सामना गरेपछि थप आलोचनाको शिकार बनिरहेको छ ।

इमिरेट्स स्टेडियममा खेल शुरु भएको ३६औं मिनटमा एडम वेब्स्टरले ब्राईटनलाई खेलमा अप्रत्याशित अग्रता दिलाए । तर दोस्रो हाफको ५०औं मिनटमा आफ्ने १००औं खेल खेलिरहेका अलेक्जेन्डर लाकाजेट्टेले घरेलु टोलीका लागि बराबरी गोल फर्काए ।

यद्यपि, आर्सनलले त्यो बराबरी नतिजालाई पनि जोगाउन सकेन । ८०औं मिनटमा निल मौपेले गोल गर्दै पाहुना टोलीको सनसनीपूर्ण जित पक्का गरे ।

यो हारसँगै १५ खेलबाट १९ अंक जोडेको आर्सनल दशौं स्थानमा छ र उसको शिर्ष चारमा पर्ने सम्भावना थप कठिन हुन थालेको छ । त्यस्तै महत्वपूर्ण जित निकालेको ब्राईटन भने १८ अंकका साथ १३औं स्थानमा उक्लिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...