पेरिसमा हारेका रोनाल्डोले मिलानमा जिते अवार्ड

एजेन्सी । सोमबार राती फ्रान्स फुटबलले वार्षिक रुपमा दिने प्रतिष्ठित बेलन डि’अर अवार्डमा तेस्रो बनेका पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले इटालीमा भने एक अवार्ड जित्न सफल भएका छन् ।

स्मरणीय छ, सोमबार राती पेरिसमा भएको बेलन डिअर अवार्ड अर्जेन्टिनी स्टार लियोनल मेसीले किर्तिमानी छैठौंपटक जितेका थिए । यो अवार्डको दोस्रो स्थानमा लिभरपुलका डच डिफेन्डर भर्जिल भान डाइक रहे ।

https://twitter.com/goal/status/1201682715663355905

उटा इटालीमा बार्षिक रुपमा प्रदान गरिने ग्रान गाला डेल क्याल्सियो अवार्डको सिरि ए बर्ष खेलाडीको अवार्ड मिलानमा एक कार्यक्रमका बीच युभेन्टसका क्रिष्टियानो रोनाल्डोले जितेका हुन् ।

गत सिजन मात्र रियल मेड्रिडबाट युभेन्टसका आएका रोनाल्डोले यो प्रतिष्ठित अवार्ड जित्ने युभेन्टसको नवौं खेलाडी बन्ने सौभाग्य समेत प्राप्त गरेका छन् । गत बर्ष यो अवार्ड इन्टर मिलानका माउरो इकार्डीले जितेका थिए । हाल यी अर्जेन्टिनी स्ट्राइकर पेरिस सेन्ट जर्मेन (पिएसजी) मा लोनमा खेलिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...